कञ्चन क्यापिटलले सोमबार रक्तदान गर्ने
पाेखरा | जेठ २९, २०८०
पोखरा: कञ्चल क्यापिटल प्रालिले ‘रक्तदान जीवनदान’ भन्ने नारासहित रक्तदानको आयोजना गर्ने भएको छ ।
संस्थाको चौथो वार्षिकोत्सवको अवसरमा आगामी ४ गते सोमबार पोखरा २ अर्चलबोटस्थित कञ्चन डिपार्टमेन्टको प्रागंणमा आयोजना गर्ने कञ्चन क्यापिटलका अध्यक्ष विमल गुभाजुले जानकारी दिए ।
‘हामीले संस्थाको वार्षिकोत्सवको अवसरमा रचनात्मक कार्यक्रम गरौ भन्ने थियो, उनले भने, ‘अहिले पोखरामा रगतको अभाव भएको बुझिएकाले रक्तदानको आयोजना गर्न लागेका हौं ।’
उनका अनुसार संस्थाले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा रक्तदान आयोजना गर्दै आएको छ ।
सोमबार बिहान ८ बजेदेखि रक्तदान सुरु हुने छ भने रक्तसञ्चार केन्द्र रामघाटले प्राविधिक सहयोग गर्ने छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

